राजापुर/ बर्दिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कृष्ण कुमार रेग्मीको अध्यक्षतामा चयन कार्तसमितिको वरिष्ठ उपाध्यक्षमा सुश्मा भण्डारी, प्रथम उपाध्यक्षमा बद्री खनाल, द्वितीय उपाध्यक्षमा राम प्रसाद श्रेष्ठ चयन भएका छन्।त्यसैगरी, महासचिवमा पुनित कुमार गुप्ता, सचिवमा हरिकृष्ण चौलागाईं र कोषाध्यक्षमा उमाकुमारी वाग्ले चयन भएका छन्।निर्विरोध निर्वाचित सदस्यहरूमा यज्ञ बहादुर थापा, तिलक पौडेल,मोहन चौलागाईं(अर्जुन ), अमर थापा, प्रभात भूप शाह, हिमाल पौडेल, आकाश सोनी, अभिषेक मित्तल, जानकी चौधरी, शक्तुराम चौधरी र कमला न्यौपाने रहेका छन्।आज उम्मेदवारी दिने अन्तिम दिन तोकिएकोमा अरु कसैको उम्मेदवारी नपरेपछि यो कार्य समिती निर्बिरोध चयन भएको निर्वाचन अधिकृत रबिराम शर्माले जानकारी दिनुभयो । नयाँ नेतृत्वको कार्याबधी २०८५ सम्म रहने छ ।
विज्ञापन

बर्दिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन













