विज्ञापन

राजापुर नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

Image

राजापुर/ राजापुर नगरपालिकाको आठौं नगरसभा शुरु भएको छ । बुधवार नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा भएको सभामा आर्थिक वर्ष ०८२/०८३ का लागि पालिका स्तरिय नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

नगरप्रवक्ता अशराज न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुतगर्दै आर्थिक विकास, गरिबी निवारण, आन्तरिक राजस्व वृद्धि, सेवा प्रवाह क्षमतामा सुधार, सुशासन प्रवद्र्धन, जनसहभागिता, लैङ्गिक समानता, दिगो विकास, वातावरण संरक्षण, कला, संस्कृति र जीविकोपार्जनमा केन्द्रित २ सय ५८ बुँदे नीति तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नु भएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सृजना र भौतिक पूर्वाधारका क्षेत्रमा विशेष ध्यान दिने उल्लेख गरिएको छ ।

उत्पादनमुखी तथा छिटो प्रतिफल दिने कार्यक्रमहरू मार्फत नगरको आर्थिक वृद्धि र नागरिक जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको जनाइएको छ । सभामा सदस्य–सचिव दशरथ बुढा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख प्रतिनिधिहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । नगरसभाको दोस्रो बैठक आगामी असार ८ गते बिहान ७ बजेका लागि बोलाइएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन