विज्ञापन

बर्दियामा बाढी जोखिम सम्बन्धि विपद् पूर्वतयारी अभ्यास सम्पन्न

Image

गुलरिया/ हरेक वर्ष बाढी र डुबानको जोखिमसँग जुझिरहने बर्दियाबासीको सुरक्षालाई मध्येनजर गर्दै गुलरियामा विपद् पूर्वतयारी तथा उद्धार अभ्यास सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाद्वारा आयोजित उक्त अभ्यास कार्यक्रम गुलरिया नगरपालिका–८ कोठियास्थित भादा नदीमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले यस्तो अभ्यासले बाढीको जोखिम सम्बन्धि सचेतना फैलाउने बताउनुभयो । उहाँले विगतमा पनि यस्ता अभ्यासहरूले स्थानीय तहमा चेतना र तयारीमा सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो ।

“जिल्लामा बर्सेनि बाढी र डुबानले ठूलो धनजनको क्षति हुने गर्छ,” सहायक प्रमुख जिल्ला अधिकारी कठायतले भन्नुभयो, “त्यसैले जोखिम न्यूनीकरणका लागि यस्ता अभ्यास निकै उपयोगी हुन्छन् ।”

गुलरिया नगरपालिकाको नगर उपप्रमुख सावित्रा गौतमले नगरपालिकाका ६ वटा वडा बाढीको उच्च जोखिममा रहेको जानकारी दिँदै यस्तो अभ्यासबाट स्थानीयवासीमा पनि आत्मसुरक्षाको चेतना फैलिएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको प्राविधिक संयोजनमा सम्पन्न अभ्यासमा डुबेका व्यक्तिको उद्धार र प्राथमिक उपचार गरिएको थियो ।

मेडिकल फर्स्ट रिस्पोन्डर टोलीको सक्रिय सहभागिता रहेको अभ्यासमा उद्धारपछि तुरुन्तै प्राथमिक उपचार गरी जीवनरक्षाको गरियो ।

कार्यक्रममा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, विभिन्न राजनीतिक दलहरू, सरकारी निकाय तथा गुलरिया नगरपालिकाको समेत समन्वय रहेको थियो।

अभ्यासले विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूबीच समन्वय र प्रतिकार्य प्रणालीलाई प्रभावकारी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ

विज्ञापन
विज्ञापन
विज्ञापन