
जोतपुर / थारु समुदायको बाहुल्यता रहेको राजापुर नगरपालिकामा दशकौ देखी बरघर प्रथा चलिआएको छ । यो प्रथालाई अझ सशक्त बनाउने उद्देश्यले बरघर सशक्तिकरण कार्यशाला को आयोजना गरिएको छ । युनिक नेपालको केन्द्रिय कार्यालय रानपा २ जोतपुरमा आयोजना गरेको सो कार्र्यशालामा नेपाल सरकारका पुर्व भुमिसुधार मन्त्रि एंव सबिधान सभा सदस्य डा. गोपाल दहितले प्रमुख वक्ताका रुपमा बरघरहरु सित सशक्तिकरणका लागी छलफल चलाउनु भएको थियो ।
राजापुर नगरपालिकाले २०७८ को नगर सभाबाट बरघर ऐन पारित गरेको छ । थारु समुदायका परम्परागत बरघर अगुवा प्रणालीलाई व्यवस्थित गर्न जारी गरिएको उक्त ऐन बरघरका निम्ति बनेको पहिलो ऐन पनि हो ।
सशक्तिकरण कार्यक्रममा ३ दशक देखी बरघर भई गाँउलाई नेतृत्व गर्दे आएका बन्जारीटाडाका बरघर मिठ्ठु थारुले आफ्नो लामो अनुभव साझा गर्दे २०४७ साल देखीका घटनाहरु स्मरण गरेका थिए । “मैले पहिलो चोटी बरघर भएर काम गर्दा ३४ घरधुरी थियो र अहिले ३४ वर्ष पछि जनसख्ंया बढेर घरधुरी पनि एक सय छयालिस पुगेको छ ।” उनले पहिला र अहिलेको भिन्नता देखाउदै भने, “पहिला म एक्लै थिए भने अहिले मेरो नेतृत्वमा बिभिन्न समिति बनेको छ ।”
सो अवसरमा मिठ्ठु थारुलाई उनको ३४ वर्ष लगातार र लामो नेतृत्वलाई सम्मान पनि गरिएको थियो ।
राजापुर नगरपालिका का १० वटै वडाका बरघरहरुको उपस्थिति रहेको सो कार्यशालालाई शोधकर्ता शेखर दहितले पनि सहजिकरण गरेका थिए ।
आउदा दिनहरुमा गाँउघरको सामाजिक, धार्मिक, सांस्कृतिक, न्यायिक कामको नेतृत्व गर्न बरघर हरुलाई सशक्तिकरण कार्याशालाले थप उर्जा मिल्ने अपेक्षा बरघरहरुले लिएका छन ।






















