
राजापुर / श्रम कानुन मार्फत श्रम बजारलाई मर्यादित बनाउन, औपचारिक, अनौपचारिक र स्वरोजगार श्रम क्षेत्रमा काम गर्ने श्रमिकको अवस्था, सङ्ख्या, सेवा, सुविधा आदिको व्यवस्थित विवरण सङ्गलन गरी अभिलेखीकरण तथा समस्या समाधान गर्नका लागी स्थानिय तहमा श्रम डेस्क स्थापना गरी सञ्चालन र व्यवस्थापन गर्ने स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ मा श्रम डेस्कको व्यवस्था बारे लेखिएको छ ।
राजापुर नगरपालिकामा राजापुर नगरपालिकाको सहकार्य , ऐक्सन ऐडको आर्थिक सहयोग र कमैया महिला जागरण समाजको आयोजनामा नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागी कार्यशाला गोष्ठी आयोजना गरेको छ । सो गोष्ठीमा उपप्रमुख मनकला चौधरी, वडा न. १ का अध्यक्ष बाबुराम चौधरी, वडा न. ३का अध्यक्ष प्रसादु थारु, वडा न. ४का अध्यक्ष बिदुर पोख्रेल, वडा न. ५का अध्यक्ष रमेश दहित, वडा न. ६का अध्यक्ष असराज न्योपाने, वडा न. ८का अध्यक्ष राजकिरण थारु, प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा एंव शाखागत प्रमुखहरुले श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणकोे पुर्व सन्ध्यामा गरिएको कार्यशालामा आआफ्नो धारणा व्यक्त गरेका थिए ।
स्थानिय तहमा श्रम डेस्क स्थापना भएमा श्रमिकको दर्ता, अभिलेखिकरण गरी पेशा, सीप, दक्षता र योग्यता र कार्यरत क्षेत्रको विवरण लिई श्रमिकको अभिलेखीकरण गर्ने र परिचयपत्र जारी गर्ने, न्युनतम पारिश्रमिक कार्यान्वयन भए नभएको अनुगमन गर्ने, श्रमिकका समस्या उपर उजुरी लिने, सुनुवाई गर्ने र आवश्यक निर्देशन दिने लगायतका कामहरु गर्ने रोजगार सेवा केन्द्रका प्रमुख रमेश पोख्रेलले जानकारी गराउनु भयो ।






















