राजापुर/ ह्याबिटयाट फर ह्युमेनिटी, युनिक नेपाल र राजापुर नगरपालिकाको सहकार्यमा सुकुम्बासीहरुका लागी घर बनाइएको हो । राजापुर नगरपालिका वडा न. ४ मा रहेको शान्तिपुर सुकुम्बासी टोलमा ११ जनाको घर छ ।
सुरक्षित आवासमा दुईवटा पक्की कोठा,भान्सा र एक शौचालय रहेको छ । राजापुर नगरपालिकाको एकत्तिस लाख चौरासी हजार सात सय चौवन्न, ह्याबिटयाट फर ह्युमेनिटी र युनिक नेपालको सत्ताइस लाख पचास हजार रुपैया र समुदायको जनश्रमदान पाँच लाख बाह्र हजार पाँच सय अठासी रुपैँया लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताउनु भयो ।

आर्थिक अभावले गर्दा फुसको घरमा बस्दै आएका अति बिपन्न परिवारले घर पाएपछि उनिहरु हर्षित छन । बिगतमा वर्षा, हावाहुरी आउदा कच्ची घरमा भोगेको पिडा सुनाउदै सम्झना चौधरीले अब घरको चिन्ता नभएको र आउदो समयमा मेहनत मजदुरी गरेर कमाएको पैसा व्यवसाय एंव आफ्नो बच्चाको राम्रो शिक्षाको लागी खर्चिने बताउनु भयो ।
यो परियोजना अन्तर्गतका घरहरु बनाइदा ठेक्कामा दिइएन । बरु उपभोक्ता समुह बनाएर घरकै परिवारलाई योग्यता अनुसार काम दिइयो । जसबाट उपभोक्ता हरुलाई काम गरे बापत आयआर्जन भयो र आफ्नो घर आफै बनाउदा गुणस्तर पनि राम्रो भएको सिताजु चौधरी ले बताउनु भयो ।
पछिल्लो समय बिकाश निर्माणको जिम्मा लिने तर काम समयमा नहुने परिपाटी बिकास भई रहेको अवस्थामा राजापुर नगरपालिकाको मार्गदर्शनमा ह्याबिटेट र युनिकले समयमै घर बनाएर हस्तांतरण गर्न सफल भएकोमा सबै बधाईका पात्र भएको युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले बताउनु भयो ।
परियोजना अन्तर्गत राजापुर नगरपालिका वडा न. ४ मा छब्बिस, वडा न. ५मा दश र वडा न. ८ मा तेह्र गरी कुल उनपचास घर निर्माण भएर हस्तांतरण भइ सकेको छ भने दोस्रो चरणमा वडा न. ५मा बिस वटा घर निर्माण भई रहेको युनिक नेपालले जनाएको छ ।























