
राजापुर, बर्दिया — हुलाकी राजमार्ग अन्तर्गत सञ्चालित तराई मधेस जागरण अभियानको खबरदारी सभालाई सम्बोधन गर्न गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैशाख १५ गते भोली बर्दियाको राजापुर आउनु हुने भएको छ ।
आयोजक समिति एवं राजापुर नगर कमिटी अध्यक्ष चिन्तामणी आचार्यका अनुसार, उक्त खबरदारी सभा राजापुर नगरपालिका ४ डाफे सामुदायी बनमा आयोजना गरिने भएको हो । सभामा नेता प्रचण्डले तराई मधेसका अधिकार र विकासका विषयमा पार्टीको धारणा एवं बर्तमान सरकारको कार्यशैली बारे प्रस्तुत गर्नुहुने छ । साथै उहाँले हुलाकी राजमार्ग निर्माण तथा तराई मधेस क्षेत्रमा देखिएको अन्य विकास समस्याबारे पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
सभालाई सफल बनाउन व्यापक तयारी गरिएको आयोजक समितिले जनाएको छ। स्थानीयहरूमा पनि कार्यक्रमप्रति उत्साह देखिएको छ।























