विज्ञापन

जन्मदिनको अवसरमा मन्त्री तिमिल्सिनाद्वारा अनाथ बालबालिकालाई पोशाक र भोज

Image

मधुवन/ लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रि जन्मजय तिमिल्सिनाले आफ्नो जन्मदिनको अवसरमा मधुवन नगरपालिका वडा न. १ पथ्थरबोझीमा रहेको सरस्वती आधारभुत विद्यालयमा विद्यार्थीहरु लाई पोशाक वितरण गरेका छन ।

विद्यालयमा रहेका टुहुरा तथा असहाय बालबालिकालाई पोशाक एंव चप्पल वितरण गर्दे लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रि तिमिल्सेनाले समाजका सबै तप्का र तहका व्यक्तिले आफ्नो गक्ष अनुसार टुहुरा एंव असहायलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

हाल सो विद्यालयमा २५ जना छात्र र ८ जना छात्रा गरी ३३ जना अभिभावक बिहिन बिद्यार्थीहरु बस्नुका साथै अध्ययन गर्दछन ।

विज्ञापन
विज्ञापन
विज्ञापन