विज्ञापन

डिएसपी सागर बोहोराको सरुवा, डिएसपी कबिन्द्र सिंह बोहोरा राजापुर आउनुहुने

Image

राजापुर/ इलाका प्रहरी कार्यालय राजापुरमा कार्यरत डिएसपी सागर बोहोराको सरुवा गरिएको छ। उहाँलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको हो।

डिएसपी बोहोराले राजापुरमा रहँदा कानून व्यवस्था सुदृढ पार्न सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो । । स्थानीयस्तरमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रवर्द्धनमा उहाँको कार्यशैली सराहनीय रहँदै आएको थियो।

उहाँको स्थानमा अब कैलाली जिल्ला प्रहरी कार्यालयबाट डिएसपी कबिन्द्र सिंह बोहोरा राजापुर आउनुहुने भएको छ। डिएसपी कबिन्द्र सिंह बोहोरा अनुभवी प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ र विभिन्न स्थानमा जिम्मेवारी सम्हाल्दै उल्लेखनीय सेवा पुर्‍याउँदै आउनुभएको छ।

यस सरुवासँगै राजापुर क्षेत्रको शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन