
मधुवन / बर्दियाको मधुवन नगरपालिका–१ कैलाशी गाउँस्थित शंकर रावलको घरमा हालै परेको चट्याङका कारण क्षति पुगेको घटनाको अनुगमन गरिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिना स्वयं प्रभावित स्थानमा पुगेर स्थलगत अवलोकन गर्नुभएको हो।
मन्त्री तिमिल्सिनाले घटनाबाट पीडित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई तुरुन्तै आवश्यक निर्देशन दिनुभएको छ। उहाँले चट्याङले पार्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभएको छ।
यस घटनामा कति क्षति भयो र अन्य प्रभावित परिवार छन् कि भन्ने विषयमा स्थानीय प्रशासनद्वारा विस्तृत विवरण सङ्कलन भइरहेको जनाइएको छ।























