विज्ञापन

ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालयमा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान

Image

राजापुर / ब्रह्मा कुमारी ईश्वरीय विश्व विद्यालय, राजयोग सेवा केन्द्र राजापुरको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मनो(सामाजिक परामर्श तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान गरियो।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा केन्द्र प्रमुख सपना दिदीले सहभागीहरूलाई मनो(सामाजिक परामर्श प्रदान गर्दै सकारात्मक सोच, मानसिक सन्तुलन र आत्मिक शक्तिको विकासका विषयमा मार्गदर्शन गर्नुभयो।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमारी चौधरीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सकारात्मक सोचको विकास समाज रुपान्तरणका लागि अपरिहार्य रहेको धारणा राख्नुभयो।

त्यस्तै वडाः नं ४ का अध्यक्ष विदुर पोख्रेल, जेष्ठ नागरिक राम प्रसाद चौलागाईं र माया भट्टराईले समेत शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले समाजमा चेतनाको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानिय संचारकर्मी, समाजसेवी, युवा र महिला सहभागिता रहेको थियो। सहभागीहरूले मनो–सामाजिक सशक्तीकरणमा आधारित यस्ता कार्यक्रमले आत्मबल वृद्धि गर्ने प्रतिक्रिया दिएका थिए।

ब्रह्मा कुमारी सेवा केन्द्रका अनुसार आगामी दिनहरूमा समेत यस्ता जन–हितकारी कार्यक्रम निरन्तर सञ्चालन गरिने योजना रहेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन