विज्ञापन

राँझा – राजापुर पर्यटकीय लोकमार्ग सिलन्यास

Image

लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री माननीय धर्म बहादुर चौधरीले राँझा – राजापुर बाँके र बर्दिया पर्यटकीय लोकमार्गको ७८।६७० कि।मी। सडक योजनाको पहिलो खण्डको निर्माण कार्यको विधिवत् सिलन्यास गर्नुभयो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो।

यस सडक योजनाको निर्माणले बर्दिया र बाँके जिल्लामा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो मार्गको निर्माणले पर्यटनका लागि सहज यातायात व्यवस्था गर्ने साथै स्थानीय आर्थिक विकासमा समेत ठूलो मद्दत पुर्याउने बताइएको छ।

सडकको निर्माण कार्यमा समावेश गरिएको सुरुङ र पुलहरु मार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई अझ बढी आकर्षक बनाउने योजनाका बारेमा पूृव मन्त्री चौधरीले चर्चा गर्नुभयो । साथै, उहाँले सडकका विभिन्न खण्डहरुको समग्र योजना र कार्यान्वयनको लागि सरकारको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सडक निर्माणको क्रममा स्थानीय बासिन्दाहरूसँग समन्वय गर्दै गुणस्तरीय कार्य सुनिश्चित गर्ने चौधरीले बचन दिनुभयो । उहाँले यस परियोजनाको महत्वको चर्चा गर्दै, यसको निर्माणले बर्दिया र बाँके जिल्लामा पर्यटकीय गतिविधिहरु बढाउने र आर्थिक समृद्धिको नयाँ आयाम खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

सडकको पहिलो खण्डको निर्माण कार्य सकिएपछि, राँझा – राजापुर र बाँके बर्दियाको अन्य क्षेत्रहरुलाई एकआपसमा जोडेर यातायातको सुविधा प्रदान हुनेछ, जसले यहाँका स्थानीय जनतालाई रोजगारीको अवसर र समृद्धिको दिशा देखाउने छ।

विज्ञापन
विज्ञापन
विज्ञापन