विज्ञापन

नेपाल मै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिकामा खो खो खेलको लिग प्रतियोगिता

Image

ठाकुरबाबा / नेपाल मै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिका २ रानीपुरको खो खो कभर्डहलमा हुन लागेको खो खो खेलको लिग प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तितिल्सेनाले गर्न’ भएको छ । चैत्र २४ गतेबाट सुरु भएको खेल चैत्र २८ गतेसम्म सञ्चालन हुने नेपाल खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिनुभयो । खेलले शारीरिक र मानसिक रुपमा पनि परिर्वतन गर्ने भएकाले खेलको ठुलो महत्व रहेको मन्त्रि तिमिल्सेनाले बताउनुभयो । खेल अवधिभर सम्पुर्ण नगरवासीले साथ सहयोग गर्ने अपेक्षा गरिएको छ ।

खेलका माध्यमबाट पनि आफ्नो भविश्य उज्ज्वल बनाउन सकिने सन्देश यस खेलले दिएको नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो । साथै लुम्विनी प्रदेशका मुख्य मन्त्रि जन्मजय तिमिल्सेनालाई आगामी वर्ष खेल क्षेत्रमा पनि बजेट छुट्याउन आग्रह गर्नुभयो । नगर उपप्रमुख विना कुमारी भट्टराई सम्पर्ण खेलाडीलाई सफताको शुभकामना व्यक्त गर्नुभएको छ । साथै खेल क्षेत्रमा नगरपालिका सधै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

नेपाल खो खो संघले नेपाल मै पहिलो पटक सुरु गरेको नेपाल खो खो लिग २०८१ ड्रिम खो खो० खेलमा पाँच वटा टिम दर्ता भएका छन । प्रतियोगितामा डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्स टिमले प्रतिस्पर्धा गर्ने संयोजक खगेन्द्र शाहिले बताउनुभयो । टिममा अन्तर्राष्ट्रिय एक राष्ट्रिय दुई, प्रदेश स्तरीय तीन र जिल्लास्तरका ६ जना गरी १२ जना खेलाडी सहभागी रहने छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन