विज्ञापन

सरोकारवालाहरु बिच मनाइयो चैते धान दिवस

Image

राजापुर/ चौथो चैते धान दिवसको अवसरमा राजापुर नगरपालिका वडा न. ४ मा धान रापेर मनाइएको छ । “चैते धान खेति बिस्तार हाम्रो सकंल्प, खाद्य सुरक्षा तथा आर्थिक समृद्धि उत्तम बिकल्प” भन्ने मुल नाराका साथ चौथो चैते धान दिवस मनाइएको छ । सो अवसरमा राजापुर नगरपालिका वडा न. ४का अध्यक्ष बिदुर पोख्रेलले हामी सित भएको साधन स्रोत प्रयोग गरेर उत्पादन बढाउन पर्ने बताउनु भयो ।

बर्दियाको भौराटप्पा क्षेत्र जहा राजापुर नगरपालिका र गेरुवा गाँउपालिका पर्दछ । यहा प्रशस्त मात्रामा धान खेति गरिन्छ । पछिल्लो एक दशक देखि बर्षे धानका साथ चैते धान गरी २ धान बाली सहजै लगाइन्छ ।
प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाका प्रमुख बिरेन्द्र राज पराजुलीले आफनो कार्यालयले चैते धानको क्षेत्रमा काम गरिरहेकाले अहिले उत्पादन एंव धान लगाउने क्षेत्रफल बढेको बताउनु भयो ।

धान सुपरजोन सञ्चालक समन्वय समिति राजापुर बर्दियाको सहआयोजना र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई आयोजक भएको कार्यक्रममा बर्दियाको आठै वटा पालिकाका किसानहरुको उपस्थिति थियो ।


कार्यक्रमको प्रमुख अतिथि एंव जिल्ला समन्वय समितिका उपप्रमुख अनिता यादवले आफ्नो कार्यक्षेत्र सिमित भएता पनि किसानले चाहिएको बेला आफु उपस्थित हुने बताउनु भयो ।

राष्ट्रिय अर्थतन्त्र लाई चलायमान बनाउन धानको मुख्य भुमिका रहेको छ । पछिल्लो समयमा धान खेतिमा यन्त्रको प्रयोग गरी रोपाइ गर्दा खेतिपाति सहज एंव नाफामुलक हुदै गएको छ । मुलुकको अधिकांश जनसख्या कृषिमा आश्रित छन । उनिहरुको भविष्य यही पेशासंग जोडिएको छ ।

चैते धान दिवस मनाइ रहदा उनि हरुको समस्यालाई नजर अन्दाज गर्न पनि सकिदैन । रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले धानका लागी आवश्यक पर्ने मलको उपलब्धता भनेको जति छैन । सिचाईका लागी आवश्यक पुर्वाधार तयार नभएकाले धान बाली लाई चाहिने जति पानी उपलब्ध नहुदा उत्पादन लक्ष्य अनुरुप हुन सकेको छैन । यसै गरी चैते धानको बजार मुल्य बर्षे धानको तुलनामा कमै हुने गरेको तितो अनुभवलाई सुधार्न सरोकार वालाहरुले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन