
राजापुर/ हिउँद याम लागे सगैं आगलागीका घटनाहरु बढ्ने हुदा समूदायमा जनचेतना फैलाउने उद्धेश्यका साथ आगलागी कृत्रिम घटना अभ्यास गरिएको छ ।
राजापुर नगरपालिका वडा न. ४, संघर्षनगरमा कमैया महिला जागरण समाज, बि ग्रुप, प्राक्टिकल एक्सन, एक्सन एडको सहकार्य र राजापुर नगरपालिकाको आयोजनामा कृत्रिम अभ्यास गरिएको बि ग्रुपका फिल्ड सुपरभाइजर शिबानी चौधरीले बताउनु भयो ।
सो अवसरमा एल.पि.जी ग्यास, मट्टीतेल, डिजेल लगायतका माध्यम बाट आगलागी भए कसरी निभाउने बारे जानकारी दिइएको थियो ।गाँउले हरुद्धारा बनाइएको कृत्रिम झोपडीमा आगो लाग्दा कसरी निभाउने र दमकलको सहायता कसरी लिने बारे पनि अभ्यास गरिएको थियो ।
आगजनीका कारण र समाधानका उपायबारे प्रयोगात्मक जानकारीलाइ उपस्थित स्थानियहरुले बढि चासोका अवलोकन गरेका थिए ।






















