
राजापुर/ राजापुर नगरपालिका वडा न. ६ ले युवाहरुका लागी मोटर ड्राइभिंङ्ग तालिम दिने भएको छ ।
सिप सिकौ, आत्म निर्भर बनौ भन्ने नाराका साथ एक महिने तालिम सञ्चालन हुने छ ।
आजको समयमा सिपको महत्व एकदमै धेरै छ । जसको हातमा सिप छ उसले धेरै कमाउछ, सिप नभएकाले थोरै कमाउने हुनाले सम्पुर्ण प्रशिक्षार्थी हरुले अनुसासित भएर ड्राइभिंग सिक्न राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सबैलाई आग्रह गर्नु भयो । ‘पछिल्लो समयमा राजापुर लगायत बर्दिया भरी विङ्गर गाडी अत्याधिक दुर्घटनाका सिकार हुने गरेको छ ।’ उनले थपे, ‘ यो सबै चालकको लापरवाहीले हुने गर्छ ।’

पछिल्लो समयमा कार, विङ्गर लगायतका चालक हरुको माग बढि रहेको अवस्था छ तर कुशल चालकको अभाव भएकाले यो तालिमले सो अभावलाइ थोरै भएपनि सम्बोधन गर्ने बताइएको छ ।
तालिम लिएर लाइसेन्स निकाल्नु मात्र युवाहरुको उदेश्य नभइ असल, अनुसासित, इमान्दार चालक बन्ने उद्देश्य राख्नु पर्ने वडा न. ६ का अध्यक्ष असराज न्योपानले बताउनु भयो । ‘हाम्रो हातमा लाइसेन्स आउदैमा हामीले जागीर पाउदैनौ । ’ उनले थपे, ‘तपाइ हरु सित आवश्यक सिप पनि हुन जरुरी छ ।’

वडा न. ६, मानपुर टपराको १ लाख रुपैया बजेटमा १० जना युवाहरुलाई छनौट गरिएको वडा सचिव अनिता चौधरीले बताउनु भयो ।






















