विज्ञापन

खुल्ला जातीय विभेद परिवर्तन भई परिष्कृत जातीय विभेद कायमै छ, –सामाजिक अभियन्ता हेमा सुनार

Image

गुलरिया/जातीय विभेद समाजमा खुलेरै देखिने अवस्थाबाट परिवर्तन भई परिष्कृत रूपमा कायम रहेको सामाजिक अभियन्ता तथा दलित महिला संघ (FEDO) बर्दियाकी अध्यक्ष हेमा सुनारले बताउनु भएको छ ।

उनका अनुसार कानुनी रूपमा जातीय विभेदको अन्त्य घोषणा गरेर हाल संविधानमा जातियताको आधार कुनै किसिमको विभेद गर्न नपाउने भनी स्पष्ट लेखिएको छ । तर पनि समाजमा गहिरो रूपमा यो समस्या अझै ज्यूँदै छ। जातीय विभेद खुलेर गरिने भन्दा परिष्कृत तरिकाले कायम रहेको उहाँले बताउनु भयो ।
सामाजिल अभियान्ता सुनार भन्नूहुन्छ, अहिले समाजले जातीय विभेद खुलेर गर्छ भन्ने छैन, तर व्यवहारिक रूपमा विभेद अझै कायमै छ, दलित समुदायको पुजा गर्दा ब्राह्मण पुजा गर्न आउन नमान्य, दलितलाई सम्मानजनक रोजगारीमा अवसर नदिने, विवाह तथा सामाजिक सम्बन्धहरूमा बहिष्कार गर्नेजस्ता विभेद आधुनिक हुँदै परिष्कृत जातिय बिभेद रूपमा भइरहेका छन् ।

दलित महिला संघ (FEDO) बर्दियाले जातीय विभेद न्यूनीकरणमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमू आयोजना गरेको थियो। विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद  भन्ने नाराका साथ आयोजित कार्यक्रममा जातीय विभेद न्यूनीकरणका उपायहरूबारे गहन छलफल गरिएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन