विज्ञापन

९ औ थारु साहित्य राष्ट्रिय सम्मेलन बिभिन्न चर्चा परिचर्चा, सवांद गरी सम्पन्न भएको छ ।

Image

जोतपुर/ थारु लेखक संघ नेपाल तथा जग्रार साहित्यिक बखेरीको सयुक्त आयोजनामा राजापुर नगरपालिका २ जोतपुरको युनिक नेपालको प्राङ्गणमा गरिएको थियो ।

सम्मेलनको मुख्य आर्कषणको रुपमा रहेको बिभिन्न विषयको प्यानल छलफललाई उपस्थित जनसमुदायले चासोका साथ हेरेका थिए ।

राजापुर नगरपालिकाको शिक्षा यात्रा, बर्किमार नृत्यका पात्रका बारेमा बहस, सक्रमण कालिन न्याय र द्धन्द्धपिडितका सवाल, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भुमिका लगायतका शिर्षकमा छलफल चलाइएको थियो साथै आफ्नो जिवनकालमा असाधारण काम गरेका हरुको कथा पनि सुनिएको थियो ।

थारु समुदाय बाट विद्यावारिधी गरेका ६ जनालाई सम्मान गरिएको थियो भने वरिष्ठ साहित्यकार डा. राजकुमार थारुको थारु साहित्य र अन्य समालोचना, गणेश वर्तमानको लौटल मनिया हौली लगायतका पुस्तकहरु बिमोचन गरिएको थियो ।
कार्यक्रममा थारु राष्ट्रिय आयोगका अध्यक्ष बिष्णु प्र.चौधरी, सदस्य सुवोध थारु, पूर्व मन्त्री डा. गोपाल दहित, राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, समाजसेवी सुनिता चौधरी, मोहन चौधरी, शेखर दहित, कृष्ण सर्वाहारी, एकराज चौधरी, मिनराज चौधरी, भागीराम थारु, सगंम दहित, राजकिरण थारु लगायतका वक्ताले आ आफ्नो भनाई राखेका थिए ।

@bhauratappa.tv

unyc युनिक नेपाल द्धारा ६लाख २०हजारको छात्रवृत्ति वितरण

♬ original sound – Bhauratappa Tv भौराटप्पा टि.भी – Bhauratappa Tv भौराटप्पा टि.भी

विज्ञापन
विज्ञापन
विज्ञापन