राजापुर । राजापुर नगरपालिका वडा नं ४ स्थित महाकालेश्वर शिव मन्दिरलाई स्थानिय समाजसेवी विष्णु रिजालले ४० लाख मूल्य बराबरको २ कठ्ठा जग्गा दान गर्नुभएको छ । मंदिरको बिकास र बिस्तारकालागी मंदिरसँगै जोडिएको उक्त जग्गा दान गर्नुभएको हो ।
उहाँको यस निर्णयले मन्दिरको विकास र विस्तारमा ठूलो मद्दत पुगेको छ । समाजसेवी रिजालले स्थानीय समुदायसँगको सल्लाहपछि स्वैच्छिक रुपमा जग्गा दान गर्नुभएको हो । धार्मिक स्थलको संरक्षण र विकास गर्नु हामी सबैको कर्तव्य भएकोले छोटो प्रयासले मन्दिरको भव्यता र व्यवस्थापनमा योगदान पुर्याउन जग्गा दान गरेको रिजालले बताउनुभयो । दानले मन्दिरको भवन विस्तार, पूजा कार्यक्रम र धार्मिक क्रियाकलापहरूलाई थप मजबुत बन्ने उहाँको विस्वास छ ।
स्थानीय समुदायले पनि यो कदमको स्वागत गर्दै समाजसेवी रिजालको योगदानलाई उच्च मूल्याङ्कन गरेका छन् । मन्दिरको व्यवस्थापन समितिले दान गरिएको जग्गाको उपयोगलाई प्राथमिकता दिनुका साथै भविष्यमा मन्दिरको विकासका लागि अन्य योजनाहरू पनि अघि बढाउने जनाएको छ । समाजसेवी रिजालको यो कदमले धार्मिक क्षेत्रको संरक्षण र समुदायको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।























