राजापुर/ नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरे लगत्तै बचतकर्ताहरु आफ्नो बचत कहिले र कसरी फिर्ता हुन्छ भन्ने अन्योलमा छन ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरे लगत्तै नेपाल राष्ट्र बैंकमा बैंक ले वित्तिय संस्था नियमन विभागका उप निर्देशक टीकाराम खतिवडाको सयोंजकत्वमा वित्तिय संस्था सुपरीवेक्षण विभागका उपनिर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखा उपनिर्देशक जुगल किशोर कुशवाहालाई सदस्य नियुक्त गरी व्यवस्थापन समुह गठन गरेको हो ।पुस ११ गते देखी जिम्मेवारी सम्हालेको समुहले पुस १८ गते कर्णाली डेवलपमेन्ट बैंकका १९ वटा शाखाहरु बाट बिरामी, बृद्ध र बालबालिकालाई पहिलो प्राथमिकता प्रदान गर्ने गरी अधिकतम २५ हजारका सिमा भित्र रही अधिकतम ५० जना सम्म लाई रकम फिर्ता गरेको राजापुर ब्रान्चका प्रमुख कृष्ण चन्दले बताउनुभयो ।
हाल सम्म राजापुर शाखा बाट ४३५ जनाको ५० लाख रुपैया वितरण गरिसकिएको छ। यद्धपी सो रकम एकदमै थोरै र कम भएकोले सबैलाई भुक्तानी गर्न सकिएन । बैंकले सबै बचतकर्ताको रकम छिट्टै फिर्ता गर्नु पर्ने अमर शहिद बहुमुखी क्याम्पसका प्रमुख अनिल दत्त चौधरीले बताउनुभयो ।
नेपाल राष्ट्र बैंक व्यवस्थापन समुहले अहिले कर्णाली डेवलपमेन्ट बैंकका प्रत्येक शाखामा बचतकर्ता एंव सरोकारवालाहरु संग अन्तक्रिया गरेर समस्याको हल निकाल्न गरेको प्रयास बारे जानकारी गराईएको छ । यसै क्रममा बर्दियाको राजापुरमा भएको अन्तरक्रियामा नेपाल राष्ट्र बैंक व्यव्स्थापन समुहका सदस्य द्धय जुगल किशोर कुशवाहा र बिश्नु कुमार बिश्वकर्माले हाल सम्म आफनो समुहले गरेको कार्य र आगामी दिनको योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल राष्ट्र बैंक व्यवस्थापन समुहले भने जस्तै असल कर्जा हरु स्थानान्तर गर्ने कार्य राजापुरमा पनि सुरुवात भई सकेको छ । राजापुर ब्रान्चबाट रिया टेडर्सको नाममा रहेको ५० लाखको कर्जा साग्रीला बैंकमा स्थानान्तरण भई सकेको र सो रकम साना बचतकर्तालाई नेपाल राष्ट्र बैंकको निर्दैशन अनुसार्र फिर्ता भई रहेको अवस्था बारे कर्णाली डेवलपमेन्ट बैंकका कर्जा बिभाग प्रमुख कोमल बिष्टले जानकारी गराउनु भयो ।
मसिंर ११ गते निक्षेप सकंलन र कर्जा प्रवाहमा रोक लगाएको नेपाल राष्ट्र बैंकले यतिले मात्र नपुग्ने देखेर बैंकलाई समस्याग्रस्त नै घोषणा गरेर व्यवस्थापन आफनो नियन्त्रणमा लिएर काम गरी रहेता पनि बचत जम्माकर्ताहरुको बचत कहिले सम्म फिर्ता हुन्छ भनेर यकिनन भन्न सकेको चाही छैन ।























