विज्ञापन

बारबर्दिया – ४, घोरपिट्टामा स्वास्थ्य चौकी भवनको समुद्धघाटन

Image

बारबर्दिया, माघ १६ / शहिद दिवसको उपलक्ष्यमा बर्दियाको बारबर्दिया नगर पालिका ४, घोरपिट्टामा पदनाहा स्वास्थ्य चौकी भवनको समुद्धघाटन तथा सेवा शुभारम्भ गरीएको छ ।

जनहितमा जारी सदेंश

लुम्बिनी प्रदेशको चालिस लाख र बारबर्दिया नगर पालिकाको एक करोड साठी लाख गरी करिबन दुई करोड भन्दा माथिको लगानिमा घारपिêा गाउँमा निमार्ण गरीएको पदनाहा स्वास्थ्य चौकी को भवन बुधवार बिधिगत रुपमा उद्घाटन गरीएको छ । साथै सहिद दिवसकै उपलक्ष्यमा बारबर्दिया नगर पालिकाको समन्वय तथा आर्थिक सहयोगमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको आयोजना तथा प्रविधिक सहयोगमा उक्त पदनाहा स्वास्थ्य चौकी घोरपिêामा निःशुल्क प्राथमिक कान उपचार शिविर समेत संचालन गरी करिवन एक सय दश जना लाई निः शुल्क सेवा समेत प्रदान गरिएको स्वास्थ्य चौकी प्रमुख रमेश पौडेल ले जानकरी दिनुभएको छ ।

यस स्वस्थ्य चौकिलाई आगामी दिनहरुमा अझै व्यवस्थित गदै अगाडी लैजाने साथै पदनाहामा पनि प्राथमिक उपचारका लगि एक जना कर्मचारी राखी सेवा दिइरहेको जानकारी बारबर्दिया नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि छविलाल थारुले गराउनु भयो । हाल स्वास्थ्य सस्था स्थापना गरिएको र यसमा अपुग सेवाहरुलाई पनि छिटै थपिदै लगिने उपप्रमुख रत्ना कुमारी पाण्डे ले बताउनु भयो ।

नेपाल सरकारको मापदण्ड अनुसार सात कट्ठा जग्गाको माग गरीयोमा घोरपिट्टा निवासी आसाराम थारुले सात कट्ठा जग्गा दान गरेको हुदा यो स्वास्थ्य चौकी याहा निमार्ण भई सेवा सुरुगरेको छ धेरै राम्रो छ यस लाई आझै व्यावस्थीत गदै सेवा सुबिधिाहरु बढायर लैजाने बारबर्दिया नगर पालिकाका नगर प्रबक्ता एंव ४ नं वडा का अध्यक्ष तथा कार्यक्रमाका सभापति सिताराम योगिले बताउनु भयो ।

भवनको समुद्धघाटन तथा सेवा शुभारम्भ कार्यक्रमामा राजनितिक पार्टी प्रतिनिधि, गाउँबरघर, सामुदायिक वनका प्रतिनिधि, समाजसेवि, महिला स्वंयम सेविका लगाएत स्थानिय बासीहरुको बाक्लो उपस्थितीमा थारु परम्पराअनुसार मुल गुरुवाहरु द्धारा पुजा समेत गरीएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन