अजय चापागाई, माघ १२, गुलरिया/ बर्दिया जिल्ला अदालत बार एशोसियसनको निर्वाचनमा प्रजातान्त्रिक कानून व्यवसायी संघ (डि.एल.ए.) का तर्फबाट खडानन्द तिवारी अध्यक्ष पदमा विजयी हुनुभएको छ । तिवारीले आफ्नो निकटतम प्रतिस्पर्धी केशब जि सि लाई पछाडि पार्दै अध्यक्ष पदमा जित हासिल गर्नुभएको हो ।

तिवारिले बार एशोसियसन निर्वाचनमा ४८ मत प्राप्त गरि बिजयी हुनु भएको कुरा निर्वाचन आयोगका सयोंजक ओम शर्माले जानकारी दिनु भयो ।
सयोंजकका अनुसार उपाध्यक्ष पदमा महादेव चौधनरी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिव पदमा देवेन्द्रराज सिग्देलले ४४ मत ल्याएर बिजय हुनुभएको छ, र कोषाध्यक्ष पदमा गोपाल पोख्रेल ४५ मत ल्याएर विजयी हुनुभएको जानकारि दिनु भयो ।
विजयी सदस्यहरूमा विश्वनाथ श्रेष्ठ, धर्मराज घर्ती, गोपाल रेग्मी, ठग्गाराम थारु, राजेन्द्र कुमार यादव, कमलप्रसाद गुप्ता, मेवालाल चौधरी, र रविन्द्रनाथ चौधरी रहेको सयोजक बताउनु हुन्छ ।
पार्षदतर्फ श्याम बहादुर थापा, सञ्जीव कुमार कर्ण, लक्ष्मी नेपाल, र देविदत्त देवकोटा निर्विरोध निर्वाचित भएको हो ।
डि.एल.ए. का उम्मेदवारहरूको समूहगत सफलताले बर्दिया बार एशोसियसनमा प्रजातान्त्रिक कानून व्यवसायी संघको प्रभाव बलियो बनाएको छ । नयाँ नेतृत्वले बारको शुद्धता, न्यायको संरक्षण, र पेशागत हितका मुद्दाहरूमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।























