विज्ञापन

रामबाग सामुदायिक वनलाई उत्कृष्ट बनाउने उपभोक्ता समुहको योजना

Image

गुलरिया, माघ ९ /  बर्दियाको गुलरिया नगरपालिका वडा नं ५ अन्तर्गत रहेको रामबाग सामुदायिक वनलाई उत्कृष्ट बनाउने उपभोक्ता समूहको योजना रहेका छ।

दीगो वन व्यवस्थापन तथा सम्बर्द्धन प्रणाली मार्फत यो वनलाई व्यवस्थित, हराभरा र आयमूलक वनका रूपमा विकास गर्ने लक्ष्य राखिएको हो ।

रामबाग सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर चौधरीले १६ वर्षअघि पूर्ण रूपमा नष्ट भएको यस वनलाई समूहले श्रमदान मार्फत पुनः उत्पादन गरेको बताउनुभयो ।

उहाँले सम्बर्द्धन प्रणाली लागू भएसँगै झाडी सरसफाई देखि लिएर वन्यजन्तुको संरक्षणसम्मका कामहरू भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार, यस वन करिब ४६ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने २ सय ८६ घरधुरी उपभोक्ताहरू संलग्न छन् ।

समूहको सचिव लक्ष्मी चौधरीले सम्बर्द्धन प्रणालीले वन क्षेत्रको व्यवस्थापन, संरक्षण र आय(आर्जनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तारबार निर्माण, जंगल व्यवस्थापन र आर्थिक आयका स्रोतमा विविधता ल्याउन काम गरिरहेको बताउनुभयो ।

यसै गरी सामुदायिक वन उपभोक्ता समुहको कोषाध्यक्ष हरि प्रसाद थारूले वन सम्बर्द्वन प्रणालीमा रहेर वन्यजन्तुको संरक्षण, तारबार र बृक्षा रोपण लगायतका कार्यहरू गरी वनलाई हराभरा बनाउने योजना रहेको बताउनुभयो । हाम्रो उद्देश्य वनलाई वातावरणमैत्री मात्र बनाउनु होइन, यसले समुदायको जीवनस्तर उकास्ने काम पनि गरोस् भन्ने हो,ू उहाँले भन्नुभयो।

सामुदायिक वनको योजनाले नष्टप्रायः वनक्षेत्रलाई समृद्ध बनाउनुका साथै उपभोक्ताहरूलाई वातावरणीय, आर्थिक र सामाजिक लाभ दिने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन