विज्ञापन

विभिन्न झाकी, सास्कृतिक नृत्य प्रदर्शन गर्दे थारु सास्कृतिक माघ महोत्सव समापन

Image

राजापुर, माघ ८ / माघको अवसरमा आयोजना गरिएको थारु सास्कृतिक माघ महोत्सव २०८१ समापन भएको छ । थारु सम्वत २६४८को अवसर पारेर महोत्सव को आयोजना गरिएको थियो । माघ १ गते देखी ७ गते सम्म सञ्चालन भएको महोत्सव राजापुर नगरपालिका वडा न. ३ स्थीत टेडिया रगंशालामा सञ्चालन गरिएको थियो ।


थारु परम्परा अनुसार “निसराउ काडेर” प्रमुख अतिथि एंव थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद थारुद्धारा उद्धघाटन गरिएको थियो । उद्धघाटनको एक दिन अघि पौष २९ गते महोत्सव स्थलमा थारु समुदायका अगुवाहरुको उपस्थितीमा थारु परम्परा अनुसार “जिटा मार्ने” काम भएको थियो ।
सात दिन सम्म चलेको महोत्सवमा प्रत्येक दिन बिभिन्न वडाबाट सास्कृतिक प्रस्तुति हुने गर्दथ्यो । महोत्सव अवधी भरी १०८ भन्दा बढि सास्कृतिक नृत्य प्रस्तुत गरिएको राजापुर नगरपालिकाका प्रवक्ता एवं वडा न. ६ का अध्यक्ष असराज न्योपानेले बताउनु भयो ।

महोत्सव अवधीमा प्रतिदिन स्थानिय सास्कृतिक झाकी एंव नृत्यका साथै जनवादी गायक जिवन शर्मा, रामजी खांड, रमेशराज भट्टराइ, करण परियार, आरके चौधरी, छत्र शाही, दर्पण कुसुम्या, सोनु कुश्मी लगायतका चर्चित कलाकारहरुले पालै पालो आफ्नो प्रस्तुति राखेका थिए ।

मेलामा माघ ६ र ७ गते बिधार्थीहरुको अवलोकनका लागी थारु समुदायले दैनिक जिवनमा प्रयोग गर्ने परम्परागत वस्तुहरुको प्रर्दशनी लगाइएको थियो । राजापुर नगरपालिकाले स्थानिय पाठयक्रममा पढाइने बिषयबस्तु लाई प्रयोगात्मक बिधि बाट बुझ्न यो अवलोकनले एकदमै सहयोग पुग्ने अपेक्षा लिएको वडा न. ५ का अध्यक्ष रमेश दहितले बताउनु भयो ।

थारु सास्कृतिक माघ महोत्सवमा प्रर्दशनीका लागी राखिएका बस्तुहरु आफुहरुका लागी नया भएको र यसबाट आफुलाई धेरैकुरा बुझ्न सहज भएको भेरी मा.बि.का छात्रा अनिता तिमिल्सीनाले बताइन ।

मेलामा प्रवेश निशुल्क भएकाले कतिजनाले अवलोकन गरे भन्ने यकिन नभएपनि दैनिक जसो हजारौका सख्यामाले मेला हेर्न आएको अनुमान लगाएको मेलाका सयोंजक राजकिरण थारुले बताउनु भयो ।
मेलामा प्रथम हुने नृत्य लाइ रु १०,०००, दृतिय हुने लाई रु ७००० र तृतिय हुनेलाई रु ५००० र प्रमाण पत्र दिइएको थियो भने सान्त्वना हुने समुहलाइ रु ३००० दिइएको थियो ।  झाकी प्रर्दशन तर्फ प्रत्येक समुहलाइ रु २००० प्रदान गरिएको र हस्तकला सामाग्री प्रदर्शनी लाइ १ हजार रुपैया र प्रमाणपत्र राखिएको मुल आयोजक समितिका सदस्य सचिव सोम डेमनडोराले जानकारी दिनुभयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन