विज्ञापन

गुलरीया नगरपालिकामा बबई सिचाई आयोजनाले नहर निर्माण कार्य शुरु

Image

गुलरीया / गुलरीया नगरपालिकामा बबई सिचाई आयोजनाले नहर निर्माण कार्य शुरु गरेको छ । सोमबारका दिन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादव ले नहरको सिलन्यास गर्नु भएको छ ।
बन्न लागेको नहरको मुल शाखा ४ कि.मी. र शाखा नहर १०.७ कि.मी.रहने छ । नहरनिर्माणको कार्य ३ वर्षमै सम्पन्न गर्नै गरेर काम भइ रहेको बबई सिचाई आयोजनाका प्रमुख शुसिल देवकोटा ले बताउनु भयो ।

जनहितमा जारी सदेंश

नहर निर्माणका लागी स्वच्छन्द निर्माण सेवाले ठेक्का लिई बन्दना भगवती ब्लयाक बग निर्माण कम्पनीलाइ जिम्मा दिएको कम्पनीका सञ्चालक बिमल केसीले बताउनु भयो ।

हाल यस क्षेत्रका किसानले सिचाईका लागी बोरिगं मार्फत भुमिगत जलको प्रयोग गर्दै आएका छन । नहर निर्माण् भए पछि किसानको लागत कम हुने र उब्जनी बढ्ने गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बताउनु भयो ।

८३ करोडको लागतमा बन्न लागेको यस नहरको लागी जग्गा अधिग्रहणको काम पुरा भइ सकेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन