टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ६ नारायणपुर स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष कपुर सिह कडायतको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु रहेका थिए भने विशिष्ट अतिथिमा टीकापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष बलीराम चौधरी वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने , वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र वडा न ६ का वडा अध्यक्ष बलीराम चौधरी रहेका थिए ।
प्रमुख अतिथि रामलाल डगौरा थारुले साबिकको नाराणपुर धनसिहपुर क्षेत्रका जनतालाई बैकको अनुभूति दिएको र अब टीकापुर क्षेत्रमा बिकासको गति अघि बढिरहेको बताए । थारुले टीकापुर एरर्पोट संचालनमा आई सकेको आज मात्र चिसापनीमा केवलकारको समेत सिलन्यास भएकोले टिकापुर लगायत आसपासका जनताको आर्थिक स्तर सुधार हुने बताएका छन र बैक तथा बितिय संस्थाले लगानी गर्नु पर्ने बताए ।
बिशिष्ठ अतिथिका रुपमा रहेका टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले यस क्षेत्रका स्थानियलाई सहकारीले विभिन्न बैकिङ्ग सुबिधा दिईरहेको जनतालाई अझ सहुलियत रुपमा मल बीउ लगायत जिबनस्तर उकास्ने खालका गतिबिधि संचालन गर्नु पर्ने बताएका छन । त्यस्तै बिशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा न ७का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले यस सामुदायिक सहकारीले स्थानिय स्तरका जनताको हितका लागि विभिन्न क्षेत्रमा काम गरिरहेकोले स्थानिय कृषकलाई मध्यनजर गरि सहुलियत रुपमा सहज तरिकाले मल बीउ बितरण गरि स्थानियलाई सेवा दिनुका साथै स्थानियको जिबनस्तर उकास्ने खालका योजना बनाई अघि बढ्नु पर्ने सुझाब दिएका छन ।
२०६५ सालमा स्थापना भएको सहकारीमा १३ सय २५ जना शेयर सदस्य रहेका छन । जसको शेयरपुजी १ करोड १३लाख ८ हजार ५ सय ५५ रहेको छ । लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाको निक्षेप बचत ८ करोड ४० लाख ६० हजार २ सय ४६ रुपैया रहेको छ भने ऋण लगानी ११ करोड २५ लाख २१ हजार ३ सय १५ रुपैया रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०८०र०८१ मा ७६ लाख २६ हजार ९ सय ४९ रुपैया मुनाफा गर्न सफल भएको छ ।
सहकारीको बार्षिक साधारण सभामा राष्ट्रिय क्रिकेट संघका राष्ट्रिय प्रशिक्षक जगत टमट्टालाई नगद सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको छ ।,उत्कृष्ट बचत कर्तामा जनक बि क, दिपेन्द्र चौधरी ,अनिल कुमार चौधरी,रामलसिह चौधरी र संगिता चौधरीलाई नगद सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । त्यसैगरि केही महिना अगाडि पसलमा आगलागि भई पुर्णरुपमा क्षति भएका कपडा ब्यवशायी तथा संस्थाका शेयर सदस्य गणेश क्षेत्री राहात स्वरुप १० हजार सहयोग गरेको छ ।
सहकारी संस्थाका उपाध्यक्ष युवक कुमार नायकको स्वागत मनतब्यसंगै शुरु भएको सहकारीको बार्षिक साधारण सभामा शेयर सदस्य चतुर प्रसाद खनाल ,सामुदायिक सिकाई केन्द्रका निबर्तमान अध्यक्ष छबिलाल जैशी ,नेपाल रेडक्रस सोसाईटी नारायणपुर उपशाखा का सभापति धनसरी कोईराला, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना , सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, साबिक धनसिहपुर गाबिसका का पुर्व अध्यक्ष जंग बहादुर साउद, साबिक नारायणपुर गाबिसका पुर्व अध्यक्ष फकिर सिह कडायत , धनसिहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिह साउद , सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी ,सामजलसेवि चिरञ्जीवी खनाल,शिक्षक बिक्रम धामी , राम प्रसाद चौधरी, पहलवान चौधरी ,पत्रकार भिम बहादुर बि क लगायतले शुभकामना मनतब्य राखेका थिए ।
बार्षिक साधारण सभा कार्यक्रम सहकारी संस्थाका सचिब उपेन्द्र खड्काले गरेका थिए । सहकारी संस्थाले टीकापुर क्षेत्रमा मल बिउको काम गर्दै स्थानिय किसानलाई सहुलियत दिनु का साथै सामाजिक क्षेत्रमा समेत काम गरिरहेको छ ।साथै ग्रामिण क्षेत्रमा रेमिटान्सको समेत सेवा दिई रहेको छ ।























