राजापुर/ नेपाल सहित बिश्वका क्रिश्चियन धर्मावलम्बीहरुले बुधवारका दिन क्रिसमस डे पर्व मनाएका छन ।
अग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष डिसेम्बर २५मा येशुको जन्मदिनको खुशियाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाएका हुन ।
यसै क्रममा राजापुर नगरपालिका वडा न. ८ मा रहेको चर्चमा पनि भव्य रुपले क्रिसमस मनाइएको छ । सो अपसरमा युवा युवतीहरुको टोलीले गितको माध्ययम बाट यिशुको महिमा वर्णन गरेका थिए ।
क्रिसमसमा एकअर्कालाई शुभकामना दिने र उपहार साटासाट गर्ने गरिन्छ। सो अवसरमा चर्चको तर्फबाट साना बालबालिकालाइ उपहार स्वरुप कापी र पेन्सील हरु वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा न. ८ का अध्यक्ष राजकिरण थारुले आजको दिनलाई प्रेम सद्भाव र खुशी साट्ने दिनको रुपमा लिएको बताउनु भयो ।
बाइबल अनुसार २ हजार वर्ष अघि जेरुसलेमको बेथलहेममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको बताइन्छ । यिशुले मानव समुदायका लागी पुर्याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको पनि जन विश्वास छ ।






















