विज्ञापन

राजापुर मा गड्यौलामलको उत्पादन सुरु

Image

राजापुर/राजापुर नगरपालिका वडा न. १०मा गड्यौलामलको उत्पादन सुरु भएको छ । स्थानिय ७ जना महिलाहरु बिहानबेलुका आआफना घरको काम सकेर बचेको दिउसोको खाली समयलाई सदुपयोग गर्दै उत्पादनमा लागेका हुन ।

गड्यौला मल प्रागांरिक खेतिका लागी अति उत्तम मल हो । अहिले हिउदे बाली लगाउने बेला भएको र रासायनिक मल प्रर्याप्त मात्रामा उपलब्ध नभइरहेको अवस्था पनि छ । प्राय जसो प्रत्येक वर्ष नै यस्तो समस्या भइ रहन्छ । तसर्थ अब किसानहरुले रासायनिक मलको बिकल्पको रुपमा गड्यौला मल उत्पादन एवं प्रयोग गरे वर्षेनी हुने रासानिक मलको अभाव लाई टार्न सकिन्छ साथै रासायनिक मल किन्दा बिदेशिने पैसा लाइ नेपालमै रोक्न सकिने राजापुर नगरपालिका वडा न. १०का अध्यक्ष शिवलाल थारुले बताउनु भयो ।

वडा न. १० मा ७ जना महिलाहरुले आआफ्नो घरमा सञ्चालनमा ल्याएको गड्यौला मल हाल बिक्रीका लागी ३० रुपैया प्रति किलोका हिसाबले उपलब्ध रहेको वडा न. १० पहाडीपुरकी बिना चौधरीले बताउनु भयो ।
गड्यौला मल तयार हुनलाइ ३ महिनाको समय लाग्ने र गोबरको साथ साथै सड्ने झारपात लाइ पनि गोबर सगं मिसाएर राख्दा गड्यौलाले त्यसलाइ पनि खाएर मलमा परिणत गर्दछ ।करेसाबारी खेती, कौसी खेती गर्नेहरुका लागी त अझ यो मल वरदान नै साबित भएको उदाहरण बिनाको करेसाबारी देखेर सहजै लगाउन सकिन्छ । उनको बारीमा भएका सबै तरकारीहरु गड्यौलामलले ने फस्टाएको उनि बताउछिन ।रासायनिक मलको जस्तो तुरुन्तै असर नदेखाएपनि यसले माटोको उर्वराशक्ति बढाउछ । तर यसको प्रचार प्रसार खासै नभएका र यसको दिर्घकालिन महत्वहरु स्थानियहरुलाइ बुझाउन नसक्दा मलको खासै माग नआउने गरेको दुखेसो बिनाको छ ।

गड्यौलाले खाएको खाना पाचन नलिमा धेरै बेर रहदैन र खाएको ५ देखि १० प्रतिशत भाग मात्र गड्यौलाको शरीरले उपभोगका लागी प्रयोग गर्छ र बाकी भाग निष्कासन गर्छ ।
पछिल्लो समयमा रासायनिक मलको आपुर्ति सहज नहुदा गडयौला मल उत्पादन एवं प्रयोग तर्फ सरोकार वालाहरुको ध्यान जान आवश्यक छ

विज्ञापन
विज्ञापन
विज्ञापन