
अपागंता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस स्वास्थ्य चेकजाच गरी मनाइएको छ ।
समावेशी तथा दिगो भविष्यको पुर्वाधार, अपागंता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने राष्ट्रिय नारा सहित राजापुरमा पनि अपागंता दिवस मनाइयो ।
अपागंता भएका व्यक्तिहरुको अधिकार प्रर्वद्धन, समावेशीकरण, शसक्तीकरण र अपागंताका बिबिध सवालहरुमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर ३ तारिखका दिन अपागंता दिवस मनाइन्छ । कार्यक्रमको उद्धघाटन सत्रमा प्रमुख अतिथि एवं वडा न. ५का अध्यक्ष रमेश दहितले अपांगता भएकै कारणले कहि कसैलाई अवहेलना खेप्नु परेको भए आफुलाई जानकारी गराउन आग्रह गर्नु भयो ।
विश्व स्वास्थ्य सगंठनका अनुसार विश्वमा कुल जनसख्याको १६ प्रतिशत अपागंता भएका व्यक्ति छन भने नेपालको कुल जनसख्याको २.२ प्रतिशत अपागंता भएको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।






















