
टीकापुर / कैलालीको टीकापुरमा प्रहरीले लागुअाैषध सहित २ जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चाैकी कालाकु्ण्डा बाट खटिएकाे संयुक्त टाेलीले नेपाल भारत सिमा नाका रहेकाे खक्राैला चेक पाेष्टबाट १३ ग्राम १६० मिलीग्राम लागुअाैषध सहित एक युवती र एक युवालाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ ।बुधबार ६:३० बजे जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित मुख्य सडकखण्डबाट टीकापुर नगरपालिका वडा न १ सक्ति नगर बस्ने बर्ष २२ मुकेश कामर डगौरा र बर्ष २३ की सृजना कुमारी चौधरीलाई शंका लागि चेकजाँच गर्दा १३ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेकाे हाे ।पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान भई रहेकाे टीकापुर प्रहरीले जनाएकाे छ ।






















