राजापुर/ खाद्य तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुर ले दिपावली अगावै धान खरिद गर्न शुरु गरेको हो । दिपावली को बिदामा धान खरिद रोकिएता पनि आज बाट पुनः धान खरिद सुरु हुदै छ ।
खाद्यले सरकारले तोकेको न्युनतम सर्मथन मुल्य अनुसार नै धान खरिद गरिरहेको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख केशव बुढाका अनुसार मोटो धान प्रति क्विन्टल ३हजार चार सय १० रुपैया र मध्यम धान ३हजार ५सय अस्सी रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरका प्रमुख केशब बुढाले जानकारी दिनु भयो ।
किसानले धान बेच्न ल्याउदा वडा कार्यालय बाट नागरिकताको पछाडी सहि छाप गराइ ल्याउनु पर्ने छ । जसबाट ल्याइएको धान व्यापारीको नभइ वास्तविक किसानको हो भन्ने प्रमाणित हुने छ ।
गतवर्ष राजापुरको मख्ुय कार्यालय बाहेक गेरुवा र बारबर्दिया बाट धान खरिद गरेको खाद्यले यसवर्ष राजापुरकै बालाबजार एवं मानपुर टपरा र गेरुवाको शान्तिबजार एवं मनाउ बाट पनि धान खरिद गर्ने योजना बनाएकोे छ ।






















