टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले चालू आर्थिक बर्षको ३ महिनामा करिब ३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
सत्ती भन्सार कार्यालयले आर्थिक बर्ष २०८१र८२ को श्रावण महिनामा ७६ लाख ५० हजार ५ सय १४ रुपैया , भाद्र महिनामा १ करोड २८ लाख २ सय ७ रुपैया र असोज महिनामा १ करोड ३५ लाख ९० हजार रुपैया गरि चालू आर्थिक वर्षको ३ महिनामा ३ करोड ४० लाख ४० हजार ७७ सय २१ रुपैया राजस्व संकलन गर्न सफल भएको सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरी सापकोटाले जानकारी दिनु भएको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले कपडा, हार्डवेयर ,मोटर पार्टस कम्बाईन ( हार्बेष्ट) लगायत घरायसी प्रयोजनका लागि ल्याईने सामान र साना साईकल ब्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरिएको नायब सुब्बा पदम राज भट्टले जानकारी दिनु भयो । पछिल्लो समय सिमा नाकामा खटिएका प्रहरीले सिमा नाकामा कडाई गरेकाका कारण राजस्वमा बृदि भएको जानकारहरु बताउछन ।यस क्षेत्रबाट आयात हुने विभिन्न सामान नेपाली बजार टीकापुर , लम्की, बौनिया लुम्बिनी प्रदेशको राजापुर, शान्तिबजार लगायतका ठाउँ जाने गरेको स्थानियको भनाई रहेको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले गत आर्थिक बर्षमा १२ करोड १ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० करोड २ लाख ४२ हजार राजस्व संकलन गरेको थियो भने चालू आर्थिक बर्षमा १२ करोड ७ लाख ३२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।भजनी क्षेत्रमा विभिन्न स्थानमा खुल्ला सिमाना रहेको जहाँ घाट संचालन भईरहेका कारण अझै राजस्व चुहावट हुने गरेको स्थानियको भनाई रहेको छ ।
सत्ती भन्सार कार्यालय खक्रौलाले प्रहरीले पक्राउ गरेको सामान लिलाम गरिएता पनि बिगत ४/५ बर्ष देखि पुरस्कार बाफतको रकम बितरण गर्न नसकेको प्रहरीहरुले गुनासो गरेका छन ।























