विज्ञापन

पृथ्वीपुर छोटी भन्सारद्वारा ३ महिनामा १४ लाख भन्दा बढी राजस्व संकलन

Image

भजनी / कैलालीको भजनी नगरपालिका वडा न ५ स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय लालबोझीले चालू आर्थिक बर्षको ३ महिनामा करिब १४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । पृथ्बीपुर छोटी भन्सार कार्यालयले आर्थिक बर्ष २०८१र८२ को श्रावण महिनामा ३ लाख ५९ हजार ७ सय ५९ रुपैया , भाद्र महिनामा ३ लाख ५९ हजार ८ सय १० रुपैया र असोज महिनामा ७ लाख ५४ हजार ९ सय १९ रुपैया गरि चालू आर्थिक वर्षको ३ महिनामा १४ लाख ७४ हजार ४ सय ८८ रुपैया राजस्व संकलन गर्न सफल भएको छोटी भन्सार कार्यालयका सुब्बा पदम राज भट्टले जानकारी दिनु भएको छ । पृथ्बीपुर छोटी भन्सार कार्यालय लालबोझीले घरायसी प्रयोजनका लागि ल्याईने सामान र साना साईकल ब्यापारीले ल्याउने सामानबाट राजस्व संकलन गरिएको सुब्बा भट्टले जानकारी दिनु भयो । पछिल्लो समय सिमा नाकामा खटिएका प्रहरीले सिमा नाकामा कडाई गरेकाका कारण राजस्वमा बृदि भएको जानकारहरु बताउछन । केही बर्ष अगाडि यस भन्सारमा बार्षिक ३ / ४ लाख राजस्व संकलन हुने गरेको थियो भने हाल महिनामा नै ३/४ लाख रुपैया राजस्व उठने गरेको छ । भजनी क्षेत्रमा विभिन्न स्थानमा खुल्ला सिमाना रहेको जहाँ घाट संचालन भईरहेका कारण अझै राजस्व चुहावट हुने गरेको स्थानियको भनाई रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन