विज्ञापन

टीकापुरका डिएसपी र संचारकर्मी बिच अन्तरकृया सम्पन्न

Image

टीकापुर / कैलाली स्थित ईलाका प्रहरी कार्यालय टीकापुरमा सरुवा भई आउनु भएका कार्यालय प्रमुख डिएसपी र पत्रकार बिच आज परिचयात्मक तथा भेटघाट अन्तरक्रिया कार्यक्रम भएको छ ।

आज बिहान ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नबिनराजा बुढाथोकी र टीकापुरका विभिन्न संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरु बिच परिचयात्मक तथा भेटघाट अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा टीकापुर क्षेत्रमा मौलाउदो अवस्थामा रहेको लागुऔषध र सिमा नाकामा हुने अबैध चोरी तस्करी नियन्त्रणका लागि लाग्न हुन अनुरोध गरिएको छ भने नदी जन्य अबैध उत्खनन् बढी हुने गरेको जसका कारण टीकापुर लगायत आसपासका क्षेत्रमा गुण्डागर्दी हुने गरेकोले यस तर्फ बढी ध्यान दिन हुन संचारकर्मीहरुले जोड दिएका दिए  भने सरुवा भई भर्खर नया आउनु भएका ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिनराजा बुढाथोकीले संचारकर्मीहरुलाई धन्यबाद दिनु भएको छ । उहाँले भन्नू भएको कि संचारकर्मीहरुले टीकापुरका समस्या चुनौतीहरुलाई स्पष्ट पारिलिनु भएको छ यी समस्याहरुलाई नियन्त्रणका लागि आफु लगायत आफु मातहतका सबै प्रहरी युनिटलाई परिचालन गरि नियन्त्रणको प्रयास रहने बताएका छन ।टीकापुरमा मौलाउदो अवस्थामा रहेको लागुऔषध र सिमा नाकाबाट हुने अबैध चोरि तस्करी नियन्त्रणका लागि कुनै पनि प्रलोभन नपरि लाग्ने बताएका छन । आफु यश क्षेत्रमा रहदा सम्म आफ्नो छुट्टै पहिचान बनाउने समेत बताएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन