
राजापुर नगरपालिकाको वडा न. ७ र ९ भारत सगं सिमाना जोडिएको वडा हुन । अन्तराष्टिय सिमानामा भारततर्फ बिशाल बन भएकाले त्यहा पाइने जगंली जनावरले नेपाल आएर दुख दिने गर्दछन । बादरले तयार हुन लागेको फलफुल टिपेर नोक्सान गरिदिने गर्दछ, स्यालले पालेको बाख्रा, सुगुंर लाइ गोठमै आएर मार्ने गर्दछ भने हात्तीले तयार हुनलागेको बाली नष्ट गर्ने गर्दछ ।
असोज लागे सगैं धान बाली पाक्न लागेको मौका छोपेर भारतिय हात्तिहरु वडा न. ९ को दुर्गानगर, दिपनगर, इश्वरीगजं, तिनघरुवा एवं वडा न. ७ को शकंरपुर लगायतको क्षेत्रमा दिनहुजसो आएर दुख दिने गरेको स्थानिय अनिता बिक बताउछिन ।
यसरी तयार हुनै लागेको धान हात्तीले क्षति गर्दा किसानको मेहनतका साथै बाली लगाउदाको महगों मल एवं बिउ पनि खेर जान्छ । धान लगाउने बेला मल नपाएर सिमा पारी बाट महगों मुल्यमा मल ल्याएको स्मरण गदैृ सरोकार वालाहरु सगं समस्याको समाधान निकाल्न स्थानिय सरस्वती थारु आग्रह गर्छिन ।
यसै गरी गएराति वडा न. ४ को अनन्तपुरमा ३ वटा घरमा बाघले आक्रमण गरेको छ । ३ वटा सुगुंर मध्ये एउटालाइ लिएर गएको , दोस्रोलाइ लिएर गएको र तेस्रो लाइ घाइते बनाइ घोडेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।






















