राजापुर, असार १०/ बर्दियाको राजापुर नगरपालिकाको जारी तेहरौ नगर सभामा आज आर्थिक बर्ष २०८१/८२ का लागी १ अर्ब १६ करोड ७६ लाख ३ हजार रुपैयाको बजेट पेश गरिएको छ । नगर प्रमुख दिपेश थारुले प्रारम्भ गर्नुभएको सभामा नगर उपप्रमुख मनकला कुमारी चौधरीले आर्थिक बर्ष २०८१/८२ बजेट पेश गर्नुभएको हो । सशर्त अनुदान, कर्मचारी तलव भत्ता लगायत गरि संघ, प्रदेश र नगरको १ अर्ब १६ करोड ७६ लाख ३ हजार रुपैयाको बजेट ल्याइएको हो ।
आर्थिक बर्ष ०८१/८२मा शिक्षा खेलकुद तथा युवा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक बिकास, कृषि, पशु, उद्योग, सहकारी, पर्यटन, न्यायिक समिती ,र बिपद व्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन गरिएको छ । यस बर्षको बजेटमा नगरपालिका भित्र उद्योग स्थापना गरि संचालन गर्ने लगानीकर्ता र सहकारीलाई सम्मान स्वरुप पुरस्कारको व्यवस्था मिलाइएको छ । नियमित गर्भ जांच गर्ने गर्भवती महिलाहरुलाइ ६० दिन सम्म १ का लागी १ लिटर दूध दिन ३० लाख बिनियोजन गरिएको छ । मातृशिशु मृत्युदर कम गर्न हजार दिने आमा सँग उपप्रमुख कार्यक्रम निरन्तरता दिन २० लाख बजेट बिनियोजन गरिएको छ ।
आर्थिक बर्ष २०८१/०८२ बजेटले स्वास्थ्य उपचार प्रभावकारी, नगरक्षेत्र भित्रको भरपर्दो गुणस्तरिय भौतिक पूर्वाधार बिकास, स्वास्थ्य, शिक्षालाई भरपर्दो र पहुच योग्य बनाउने, कृषि क्षेत्रको बिकास उद्यमशीलता,रोजगार र शासकीय सक्षमताको बिकास लगायतका उद्देश्यहरु राखेको छ । अघिल्लो बजेट भन्दा सुधारात्मक देखिए पनि स्थानीय संचार माध्यमलाई यो बजेटले निरासा देखाएको छ । कृषि,शिक्षा पर्यटन, उद्योग, भौतिक पुर्वाधार,समावेशी र समृद्ध राजापुरको मुल आधार भन्ने मुल नाराका साथ असार ७ गतेदेखी जारी नगरपालिकाको सातौ नगर सभाको अर्को बैठक अनिश्चित कालकालागी स्थगित गरिएको छ ।
विज्ञापन

राजापुर नगरपालिकाद्वारा आर्थिक बर्ष २०८१/८२ का लागी १ अर्ब १६ करोड ७६ लाख ३ हजार रुपैयाको बजेट पेश,१३ औं नगर सभा जारी

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन













