
राजापुर , जेठ ३१ / विश्व वन्यजन्तु कोष नेपाल , नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्र्तगत डार्विन इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा कर्णाली नदिमा ओत सरंक्षणका लागी नदिमा आतिश्र समुदायको जिविकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना अन्र्तगत सोनाहा विकास समाज बर्दिया द्धारा दिगो माछा मार्ने विधि तथा नदि अनुगमन र नदि खण्ड सहव्यवस्थापनका लागी २ दिने तालिमा सञ्चालन गरिएको सोनाहा विकास समाजका कार्यक्रम सयोंजक रत्न के.सी. ले बताए ।
कणार्ली तटिय क्षेत्रका थारु तथा सोनाहा समुदायको जिविकोपार्जनको प्रमुख आधार कणार्ली नदी र यसमा भएको माछा हो तर पछिल्लो समयमा नदिको पास्थितिकीय प्रणालीमा आएको स्खलनमाका कारण जलचरहरुको बासस्थान असुरक्षित हुदै गएको छ । बासस्थानमा परेको नकारात्मक प्रभावका कारण माछाको उत्पादकत्व तथा इनिहरुको सख्यामा भारी गिरावट आएको छ । यसबाट जिविकोपार्जनका लागी माछामा निर्भर कैयो मानिसको जिवन कष्टकर हुदै गएको छ ।
सिमसार र जीविकोपार्जनको बीचको अन्तरसबन्धका बारेमा जनमानसमा यथेष्ट जानकारी नहुनुका कारणले समेत माछाको संख्या तथा उत्पादकत्वमा कमी हुँदै गएको छ । यी नदीमा परापूर्वकालदेखि प्रचलनमा रहेको माछा मार्ने दिगो विधि तथा पद्दति विस्थापित हुँदै गएको छ । हालका दिनमा जलारी, अत्यधिक रासायनिक मल तथा बिषादी, बम, र विद्युतीय उपकरण प्रयोग गर्नुका कारण माछाको संख्यामा गिरावट आएको मत्स्य विज्ञ सुरेश कुमार वाग्लेले बताए ।
तालिममा परियोजना बाट गठित १५ वटा समुहका ३ जनाका दरले ४५ जना अगुवाहरु सामिल छन ।























