
राजापुर/ पछिल्लो समय सहकारी सस्था एवम् बित्तिय सस्था प्रति जनसमुदायको बिश्वाश साघुरिदै गएको छ । यसरी बिश्वासको कमी हुदै जानुमा सहकारी एवम् वित्तिय सस्थाहरु आफ्ना सेयर सदस्यहरु सगं भावनात्मक रुपमा जोडिन नसक्नु पनि हो । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका प्रधानकार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिमिटेड ले आफना सेयर सदस्यको कोख देखि सोकसम्मका यात्रामा सहयात्रा गर्ने गरेको छ । सेयर सदस्यको घरमा बच्चा जन्मिदाको खुशीको पलहोस वा सदस्यको मृत्यु हुदा दुखको पलहोस, सदैव साथमा हुन्छ ।
सदस्यको घरमा बच्चा जन्मिए पछि बच्चाको ५०० रुपैयाका खाता खोलीन्छ भने सदस्यको मृत्युहुदा क्रिया अवधिमा गएर सहयोग स्वरुप ३२००० रुपैया उपलब्ध गराइने गरिएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिमिटेड सचांलक समिती सदस्य तथा वृद्धि सेवा केन्द्रका सयोंजक लोकराज ढुगांनाले बताए ।
गतहप्ता राजापुर नगरपालिका वडा नं. १० पखैपुरका ७१ वर्षिय सोहनी थारुको मृत्यु भयो । उनलाइ पित्तथैलीमा समस्या थियो । उनि विगत ८ वर्ष देखी हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेयर सदस्य थिइन । खेतिपाती बाट जिविकोपार्जन गर्दै आएका स्व.सोहनीका परिवारमा ५ जना सदस्य छन । यसैगरीगतहप्ता मात्र रा.न.पा. १० उत्तरखैरी का ४२ वर्षिय आशाराम थारुको फोक्सोमा समस्या देखिएर मृत्यु भयो । उनको परिवार पनि कृषिमा नै आश्रित परिवारमा ७ जना सदस्य छन र परिवारको आर्थिक अवस्था पनि कमजोर छ । उनि पछिल्लो २ वर्ष देखी हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सेयर सदस्य थिए ।
यस्तो दुखद घडीमा हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिमिटेडका तर्फबाट सञ्चालक समिती सदस्य तथा वृद्धि सेवा केन्द्रका सयोंजक लोकराज ढुगांनाले स्व. सोहनी र स्व. आशारामको घरमा गएर ३२ हजारका दरले रकम हस्तातंरण गरेका छन । सो रकमले स्व. सोहनी र स्व. आशारामको काजक्रियामा सहयोग पुग्नेछ ।
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दिया जिल्लालाइ कार्यक्षेत्र बनाएर बचत सकंलन एवम् ऋण प्रवाह गर्दै आएको छ । हाल यो सहकारीले राजापुरमा ५ वटा र पुरै बर्दियामा कुल ९ वटा शाखा बाट सेवा दिदै आएको छ ।
























