विज्ञापन

व्यवसायी ओली भन्सार कार्यालय बाकेबाट सम्मानित

Image

राजापुर सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्रा लि का सन्चालक यज्ञ बहादुर ओली नेपालगंज भन्सार कार्यालय बाके को ७२ औ अन्तराष्ट्रिय भन्सार दिवस २०८० को अवसरमा वर्ष कै उत्कृष्ट भन्सार राजस्व बुझाइ उल्लेखनीय भूमिका निर्वाह गरेकोमा सो कार्यालय बाट सम्मानित भएका छन ।


ओलीले पाएको यस वर्ष को सम्मान भने उनको बाँके- नेपालगन्ज मा भएको आर्को कम्पनीले बुझाएको राजस्व बापत सम्मान हो । ओलीले नेपालगंज मा देउती गुटका इन्डष्ट्रिज सचांलन गर्दै आएका छन र उनको यस कम्पनिले बहुचर्चित गुटखा ‘ मेघा श्री ‘ उत्पादन गर्दे आएको छ।

ओलीले बर्दियाको राजापुरमा संचालनमा ल्याउदै गरेको सुगर मिलले आउदो वर्ष देखी उत्पादन सुरु गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ। यहा उत्पादन सुरु भएपछि १००० बढि स्थानीय ले रोजगारी पाउने र बर्दियामा पनि उत्कृष्ठ राजस्व बुझाउने मा ओलीनै पर्ने स्थानियहरुको आकलन रहेको छ।

advertisement

विज्ञापन
विज्ञापन
विज्ञापन