२०७९ साल चैत्र १६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बैदेशिक रोजगारीलाइ थप मर्यादित, सुरक्षित, भरपर्दो, पारदर्शी, व्यवस्थित तथा सहज बनाउने साथै सेवाग्राही लाइ नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उदेश्य अनुरुप स्थानीय तहबाटै सेवा प्रवाह हुदा बढि फलदायी हुने र सोहि अनुरूप राजापुर नगरपालिकाले बैदेशिक रोजगारीका लागी व्यक्तिगत श्रमस्वीकृति र पुन: श्रमस्वीकृति दिने गरेको राजापुर नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख रमेश कुमार पोखरेल ले बताउनुभयो।

श्रम स्वीकृति लिइ बैदेशिक रोजगारीको क्रममा गइ अगं भगं भए वा मृत्यु भएमा उनका १८ वर्ष मुनिका बच्चाहरू लाई राजापुर नगरपालिका रोजगार शाखा को सहकार्यमा बैदेशिक रोजगार बिभागले छात्र वृत्ती दिने गरेको छ । आधारभुत तहमा अध्ययनरत भए बार्षिक १२ हजार र कक्षा १२ सम्म अध्ययनरत भए १६ हजार छात्रवृत्ति उपलब्ध गराउँने प्रावधान रहेको छ ।
बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति गर्नका लागि पहिला राजधानी काठमाडौं धाउन पर्ने बाध्यता बाट स्थानीय हरु मुक्त भएका छन। बिगतमा काठमाडौँ बाट श्रम स्वीकृति लिनुपर्ने र काठमाडौं जादा आउदा अत्यधिक समय र पैसा खर्च हुनेमा अब आफ्नै पालिका बाट श्रम स्वीकृति हुने हुदा बैदेशिक रोजगारीमा जानेलाई सहज भएको स्थानीय सन्तोष चौधरी बताउँछन्।
आर्थिक बर्ष २०७९/८० को बैशाख देखि असारमसान्त सम्म ६ जनाले र आ.ब. २०८०/८१ को हाल सम्म राजापुर नगरपालिका बाट २८ जनाले बैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिएका छन।























