ऋषि वाग्ले, भिम्मापुर/ बर्दियाको राजापुर नगरपालिका वडा नं ७ भिम्मापुर घर भएकी तिर्थ बहादुर थारुको श्रीमती अन्दाजी २४ वर्षकी मन्जु मगर थारु पुस ४ गते देखि हराइरहेकी छिन ।
उनि पुस ४ गते बिहान ११ बजेतिर वडा कार्यालय रामपुर नजिकै रहेको अस्पतालमा औषधि लिन जान्छु भनि घरबाट हिडेकी र घर नफर्किएको उनका ससुरा फुला राम थारुले बताउनुभयो।

मन्जुका श्रीमान भारतमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका र मन्जु हराउदा पनि उनि भारतमा रहेको परिवार ले बताएको छ। उनिहरूको एउटा डेढ वर्षिया छोरी पनि छिन , मन्जु घरबाट जादा छोरी छोडेर गएकाले सानो बच्चाको बिचल्ली भएकाले कहि कतै कसैले मन्जु लाइ देखे नजिकैको प्रहरी कार्यालय वा ९८४८११३८२६मा सोहि वडा का वडा अध्यक्ष लाइ जानकारी गराउन वडा अध्यक्ष रामु थारुले अनुरोध गरेका छन।
सल्यान जिल्ला माइतीघर बताउने मन्जुको करिब ५ वर्ष अघि भारतमा मजदुरी गर्ने क्रममा उनका श्रीमान बर्दियाका तिर्थ बहादुर थारु सगं प्रेम बिवाह भएको थियो। पछिल्लो समय मन्जुका माइती पनि सम्पर्कमा नभएको पति तिर्थ बहादुर ले जानकारी दिए।
आ. व. २०८०/८१ को हाल सम्ममा इलाका प्रहरी कार्यालय राजापुर मा १८ जना मानिस हराएको र खोजी पाम भनि निवेदन परेको र हाल सम्म १२ जनालाई प्रहरी ले खोजेर परिवार को जिम्मा लगाएको प्रहरी निरीक्षक एव सुचना अधिकारी प्रकास थापाले बताउनुभयो।






















