भौराटप्पा सवांददाता
नेपाल रेडक्रस सोसाइटी राजापुर उपशाखा ले आफ्नो कार्यकाल सकिनै लाग्दा पुस २१ गते चुनाबी साधारण सभा गर्ने निर्णय गरेको छ। सो सभा राजापुर नगरपालिका वडा नं ८, धोबिनीपुर मा रहेको कार्यालय प्रागंणमा हुने छ। चुनाबी साधारण सभाबारे पत्रकारहरुलाइ जानकारी गराउदै सभापति खुमराज पौडेल ले नेपाल रेडक्रस सोसाइटीको बिधान अनुसार हरेक २ वर्षमा नया कार्यसमिति छान्नुपर्ने हुनाले सभा आव्हान गरिएको र छिट्टै नै सबै आजिवन सदस्यहरुलाइ सो मितिमा उपस्थित हुनका लागि पत्र पठाइने र कसैले नपाए यसैलाइआधार मानेर उपस्थित हुन अनुरोध गर्नुभएको छ।

कार्यसमिति सदस्य इन्द्र सेनको आत्माको चिर सान्ति को कामना गर्दै
हालै दिवगंत हुनुभएका कार्यसमिति सदस्य इन्द्र सेनको आत्माको चिर सान्ति को कामना गर्दै सुरु गरिएको सो बैठकमा उपाध्यक्ष बिमला जिसी, कोषाध्यक्ष देबी केसी, सचिव घनस्याम चौधरी, सदस्यहरू बिनोद गौतम, देवी तिमिल्सिना, राम ब. थारु र ऋषि वाग्लेको उपस्थिति थियो।






















