ऋषि वाग्ले
भौराटप्पा बुलेटिन
राजापुर नगरपालिकामा बालिका शसक्त परियोजना सुरुवात गरिएको छ। ३ वर्षको लागि सचांलन हुने उक्त परियोजनाको बजेट ६० लाखको हाराहारिमा हुनेछ। परियोजनाले बालबालिका किशोरकिशोरी तथा युवाहरु साथै विशेष गरी किशोरी र युवा महिला हरु आफ्नो अधिकारको बारेमा जानकार भइ बालबिवाह, छिटो बिवाह र जबरजस्ती विवाह बाट मुक्त भइ स्वतन्त्र रुपमा जिवन यापन गर्न सफल हुने लक्ष्य लिइएको राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बताउनु भयो।

फोटो: दिनेश श्रेष्ठ, अध्यक्ष -राधाकृष्ण जनसेवा केन्द्र
राजापुर नगरपालिकामा बिगतका बर्षहरुमा बालबिवाहको दर उच्च रहेकोले यसवर्ष बालिका शसक्त परियोजना सुरुवात भएपछि सो दर कम हुने आशा लिएको नगरप्रमुख दिपेश थारुले बताउनुभयो।

फोटो: दिपेश थारु , नगरप्रमुख – राजापुर नगरपालिका
राजापुर नगरपालिकामा पहिले देखी बालिका हरु का शिक्षा तथा स्वास्थ्यका कार्यक्रम हरु चलि रहेको र यो नया कार्यक्रम थपिदा अझ बढि बालिकाहरुलाइ समावेश गरेर लैजान पाएकोमा राजापुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जगं शाहीले खुशी व्यक्त गर्नुभयो।

फोटो: महेन्द्र जगं शाही, प्रमुख प्रशासकीय अधिकृत – राजापुर नगरपालिका
हाल बर्दियाको राजापुर नगरपालिका का साथ साथै बारबर्दिया र ठाकुरबाबा नगरपालिका एवं गेरुवा गाउँपालिकामा पनि परियोजना रहेको सो कार्यक्रमका बाट बालमैत्री र लैंगिक उत्तरदायी स्रोतहरू सुधार हुने र पहुँचको सुनिश्चितता हुने आशा लिइएको छ।

राजापुर नगरपालिकाको समन्वय मा सन्चालन हुन लागेको उक्त परियोजना लाइ प्लान इन्टरनेसनल ले आर्थिक सहयोग र राधाकृष्ण जनसेवा केन्द्रले संचालन गर्ने छ।






















