विज्ञापन

राजापुर सुगर मिलको बातावरणिय मुल्याङ्कन सार्वजनिक सुनुवाई सम्पन्न

Image

भौराटप्पा सवांददाता

राजापुर सुगर एन्ड् केमिकल्स प्राली राजापुर बर्दियाले बातावरणिय मुल्याङ्कन आइ.इ.इ. को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । राजापुर नगरपािलका प्रमुख दिपेश थारुको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

आइ.इ.इ. प्रतिवेदन अनुसार चिनी उत्पादन गर्दाका बखत निस्कने उद्योगको चिम्नीको धुवा फिल्टर गरिने र झोलीलो पदार्थ रस्यानको पुन्हः प्रयोग प्रबिधि अपनाइने जनाइएको छ । त्यसकालागी सम्पूर्ण व्यवस्थापन गरिने प्रशासन प्रमुख इन्द्र ढकालले जानकारी दिनुभयो ।

आइ.इ.इ. सार्वजनिक सुनुवाइमा बोल्दै राजापुर नगरपालिका प्रमुख थारुले यो राजापुर बासीको अवसर भएको भन्दै नगदे बालीमा अग्रसर हुन आग्रह गर्नुभयो उहाले भन्नु भयो “यो राजापुर बासीको सुनौलो अवसर हो ,यो अवसरमा जुट्नुहोस् नगर सदैव बिकासका पक्षमा छ । ”

यस्तै राजापुर नगरपालिका वडा नं ५ का अध्यक्ष रमेश दहितले चिनी मिल सन्चालन स्वागत योग्य भएको भन्दै किसान प्रतिफलको प्रतिक्षामा रहेको बताउनु भयो । उहाले भन्नुभयो “ यो गौरवको बिषय हो सवै जग्गाधनी हेरीरहेका छन् अव उख्खु खेती बाटै कृषकको आर्थिक स्तर बृद्धी हुनेछ ।”

राजापुर सुगर एन्ड् केमिकल्स प्रालीका को अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा देउति ग्रुपका प्रतिनीधि , राजापुर सुगर एन्ड् केमिकल्सका सिओ टोप वहादुर शाहीको अक्ष्यक्षतामा आयोजित कार्यक्रममा , स्थानिय किसान, बरघर, उद्योग प्रतिनीधि, पत्रकार सहभागी थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन