राजापुर/ राजापुर नगरपालिका द्वारा अनुदानमा वितरण गरिएको गहुँबिउमा घुन देखिएपछि स्थानीय किसानहरू तनावमा परेका छन्। समस्या सार्वजनिक भएपछि बिउ उत्पादक कम्पनीका प्रतिनिधि र राजापुर नगरपालिका कृषि शाखाका कर्मचारी सहितको टोली किसानका घर–घर पुगेर गुनासो सुनेका छन्।
गहुँबिउ सप्लाई गर्ने हिमालय सहकारी संस्था लिमिटेड, ठाकुरबाबाका अध्यक्ष लहनु चौधरीले बिउ नउम्रिएको वा अन्य कुनै समस्या देखिए सहकारी स्वयंले क्षतिपूर्ति उपलब्ध गराउने स्पष्ट पार्दै किसानलाई आश्वस्त पारे।
यस वर्ष राजापुर नगरपालिकाले गहुँका बिउ चित्रवन सहकारी खजुरा, मुस्कान बिउबिजन केन्द्र कपिलबस्तु, कञ्चन सिड प्राली कञ्चनपुर र हिमालय सहकारी संस्था लिमिटेड, ठाकुरबाबा–बर्दियाबाट माग गरी वितरण गरेको थियो।





















