
राजापुर / राजापुर नगरपालिका वडा न. ७ का बिभिन्न स्थानमा चितुवाले पशुचौपाया खान थाले पछि यहाका स्थानियहरु त्रसित भएका छन । वडाका बिभिन्न टोलमा किसानले पालेको भेडा बाख्रा, सुगुंर मार्न थाले पछि किसान आतंकित बनेका हुन ।
गत महिना मात्र लालचिपुर टोलको गोमा थारुको गोठमा बाधेको बाख्रा मारी दियो । वर्षो देखी सोही गोठमा राती बाख्रा बान्दै आएकी थारुले अब बचेका बाख्रालाई आफु सगैं घरभित्र बाध्ने गरेको बताउछिन ।
सोहि टोलकी रामप्यारी थारुको समस्या पनि उस्तै छ । उनका श्रीमान मेहनत मजदुरी गर्न भारत जाने गर्दछन । बिहान बेलुका घरमा काम गरेर बचेको समयलाई सदुपयोग गर्ने उद्देश्यले केहि भेडा पालेकि छिन । उनको भेडालाई चितुवाले मार्दा उनिपनि पिडामा छिन ।
सो बिषयको समाधान खोज्न वडा कार्यालयमा प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानिय एंव सरोकारवालाहरु सित समाधान खोज्न छलफल चलाइ वन कार्यालय लाइ छिट्टै हल निकाल्न भनिएको वडा न. ७ का अध्यक्ष रामु थारुले बताए ।
राजापुर नगरपालिका वडा न. ७ भारतसित सिमा जोडिएको क्षेत्र हो । सिमा पारी भारततर्फ विशाल वन क्षेत्र रहेकाले त्यहा बाट जगंली जनावरहरु नेपाल आई दुख दिने गरेका छन । यसको हल खोज्न सरोकारवालाहरु छिट्टै एकजुट भई समाधान खोज्न लाग्नु पर्ने दखिन्छ ।






















