विज्ञापन

चैत्र ५मा स्ववियु चुनाव

Image

राजापुर/ त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र ४ सयभन्दा बढि सामुदायिक क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । ६२ मध्ये १७ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको अवस्थामा बर्दियाको राजापुरमा नगरपालिकामा रहेको एक मात्र क्याम्पस अमर शहिद बहुमुखी क्याम्पसमा भने बिद्यार्थी एवं क्याम्पस प्रशासन चुनाव सफल पार्न लागेको छ ।

३ वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन । नेवि संघ र अनेरास्ववियु प्यानल बाट सभापतिमा अमृत थारु, सचिवमा सुधाकर टेर्रा, कोषध्यक्षमा संगिता थारु लगायतको समुह मैदानमा छ । यसैगरी अखिल क्रान्तिकारीको तर्फ बाट सभापतिमा इशा चौधरी, सचिवमा संगम थारु, कोषध्यक्षमा सरिता वि.क. लगायतको समुह चुनावी मैदानमा छ भने नागरिक बिद्यार्थी समाजको प्यानलबाट सभापतिमा उर्मिला थारु, सचिवमा सुदिप थारु, कोषाध्यक्षमा मिरा थारु लगायको समुह बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन ।
चैत्र ५ गते हुने भनिएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा यसपटक २ जना सभापतिमा महिलाको उम्मेदवारी परेको छ ।

अमर शहीद बहुमुखी क्याम्पसमा ६१५जना बिद्यार्थी छन जसले निर्वाचनमा उठेका उम्मेदवारहरुको भविष्य निर्धारण गर्ने छन ।

बिद्यार्थीको शैक्षिक र सामाजिक जिवनमा महत्वपुर्ण स्थान राख्ने प्रक्रिया हो स्ववियु निर्वाचन । स्ववियु निर्वाचन सबै भन्दा पहिले २०१८ सालमा भएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन