विज्ञापन

गुणस्तरिय शिक्षा दिनु शिक्षकको दायित्व हो : मन्त्री तिमिल्सिना

Image

केशव कोईराला, १२ माघ, राजापुर  । लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले गुणस्तरीय शिक्षा शिक्षकको दायित्व भएको बताउनु भएको छ । नेपाल शिक्षक संघ नगर कार्य समिति राजापुर बर्दियाको सातौ नगर प्रतिनिधि सभालाई सम्बोधनगर्दै नेता तिमिल्सिनाले यस्तो बताउनु भएको हो ।

स्कुल जान तयार भएका नानी बाबू हरुलाइ जसरी अभिभावकले एक पर्व मनाएझै खुसियालीका साथ बिद्यालयमा पठाउने गर्दछ्न मन्त्री तिमिल्सिनाले भन्नू भयो ’ शिक्षकले थप अभिभारा ग्रहण गरि एक परिपक्व नागरिक बनाउनु पर्दछ । शिक्षक हरुले अधिकार मात्रै नखोजी कर्तव्य बोध गर्न समेत मन्त्री तिमिल्सिनाले सहभागी हरुलाइ सुझाउनु भयो ।

नेपाल शिक्षक संघ नगर कार्य समिती राजापुरका अध्यक्ष छप्पुराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति दिपक जंग शाह, नेपाल शिक्षक संघ संघीय सदस्य प्रसाद तिवारी, लुम्बिनी प्रदेश महासचिव यज्ञ नेपाल, जिल्ला अध्यक्ष माधवराज शर्मा ढकाल, कार्य सामिती बर्दियाका पधाधिकारी, संघमा आबद्ध राजापुर नगर बिद्यालयका शिक्षक सहभागी थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन