विज्ञापन

दुई दिने क्षमता बिकास कार्यशालागोष्ठि सम्पन्न

Image

अजय चापागाई ,भुरिगाउ, माघ १० / दलित महिला उत्थान संघको आयोजनामा ठाकुरबाबा नगरपालिका स्तरिय दलित अधिकार सन्जाल र जनप्रतिनिधिहरुका लागि स्थानिय तहको योजन तर्जुमा र नगर बजेटमा दलित समुदायको प्राथमिकता सम्बन्धी दुई दिने क्षमता बिकास कार्यशालागोष्ठि सम्पन्न भएको छ ।

दलितसमावेशी नेतृत्व र समुदाय सशक्तिकरण विषयक कार्यशालागोष्ठिलाई USAID/CSM/ The Asia Foundation को आर्थिक सहयोगमा समावेशी स्थानिय बिकाशका लागि दलित समुदाय सुदृढिकरण परियोजना अन्तरगत माघ ९ र १० गते भुरिगाउमा सम्पन्न भएको हो ।

दलित महिला उत्थान संघको सदस्य बिर्मा सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्माले दलित समुदायलाई अघि बढाउन नितिगत पहल गर्नु पर्ने बताउनु भयो ।
पालिका स्तरिय दलित सन्जालको उपाध्यक्ष एवम् ठाकुरबाबा नगरपालिका कार्यपालिका सदस्य पुजा सुनारले पालिकाले बजेट बिनियोजन गर्ने बेला दलित समुदायको हक र अधिकारलाई प्रथमिकतामा राखी योजना बनाउने लगाएत आउदो अधिवेशन बाट दलित विधेयक समेत पास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रम उद्घोषन मधु कुमारी बुढा क्षेत्रीले गर्नु भएको हो ।

कार्यक्रममा एडभान्स ट्रेनिङ कन्सल्टेन्सिको तर्फबाट प्रशिक्षक कृष्णप्रसाद पाण्डेयले दलित समुदायका अधिकार र नेतृत्व क्षमताको अभिवृद्धिका लागि पैरवी र सहकार्यको भूमिका विषयमा सहजिकरण गनुभयो ।

कार्यशालामा स्थानीय दलित समुदायका अगुवा महिला र पुरुषको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले समुदायका चुनौतीहरूसँग जुध्न सामूहिक प्रयास र नेतृत्व विकासका उपायहरू सिकेका छन् ।

यस परियोजनाको उद्देश्य दलित समुदायलाई आर्थिक, सामाजिक, र नेतृत्व क्षमतामा सक्षम बनाउँदै दिगो विकासको प्रक्रियामा स्थानिय तहलाई जवाफदेही तथा उत्तरदायी गराउनु रहेको परियोजनामा काम गर्ने कर्मचारिहरुले बताउनुभयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन