विज्ञापन

राजापुर उपशाखा “क” रेडक्रसमा सधै बरबुझारतको किचलो, कानुनी उपचार खोज्न जिल्ला रेडक्रसको सुझाव

Image

मनिस आले, राजापुर /  नेपाल रेडक्रस सोसाइटी राजापुर उपशाखा ‘क’ को २८ औ साधारण सभा सम्पन्न भएको छ ।

बिगतका सभाहरुमा झै यसपटक पनि निर्वतमान एवं पुर्व सभापतिले आधिकारीक रुपमा बरबुझारत नगरेको भन्ने कुराको उठान बहुमत सदस्यहरुले गरेपछि सभापति कमल पाण्डेले त्यसलाइ प्रस्ट पार्नु भएको थियो ।

राजापुर उपशाखामा बरबुझारतको बिषय प्रत्येक चोटीउठी रहने हुनाले यसलाइ सधैका लागी समाधान गर्नका लागी पुर्व सभापति एंव निर्वतमान सभापतिहरुलाइ लिखित रुपमा पत्रचार गर्नु पर्ने र त्यस पछि प्राप्त उत्तरमा असन्तुष्टि भए कानुनी उपचार खोज्न सकिने नेपाल रेडक्रस सोसाइटीका जिल्ला प्रतिनिधि एंव विशिष्ट अतिथि कुमार लामिछानेले बताउनु भयो ।


राजापुर नगरपालिका वडा न. ८ का अध्यक्ष राजकिरण थारुले प्रमुख अतिथिको आसन बाट बोल्दै नेपाल रेडक्रस सोसाइटी मानवीय कर्म गर्ने सस्था भएकाले आफ्नो हिसाब किताब सफा राख्न सुभाव दिनु भयो ।
उपशाखा क का सभापति कमल पाण्डे को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि सोही वडाका अध्यक्ष राजकिरण थारु हुनुहुन्थ्यो भने कार्यक्रमलाइ सचिव घनश्याम चौधरीले सञ्चालन गर्नु भएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन